त्रिवेणी-पोखरा-कोरला सडक मार्गको डेढगाउँ-झ्यालबास खण्डको शिलान्यास




त्रिवेणी–पोखरा–कोरला सडक मार्गको डेढगाउँ–झ्यालबास खण्डको मुख्यमन्त्रीले गरे शिलान्यास

नवलपुर । गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी–पोखरा–कोरला सडक मार्गको नवलपुरको डेढगाउँ–झ्यालबास खण्डको मंगलबार गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरेका छन् ।




५१ करोडको लागतमा निर्माण सम्पन्न हुने गरि नवलपुरको झ्यालबास देखि डेढगाउँ जोडने १४ किलोमिटर सडकको निर्माण कार्य चैत्र देखि सुरु भएर ३० महिनामा सकिने पुर्वाधार कार्यालय नवलपुरले जनाएको छ । सडकको दुवै साईडमा नाली बन्ने र कालो पत्रेको भाग ७ मिटरको रहने पुर्वाधार कार्यालयले जनाएको छ ।

सडकको शिलान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले त्रिवेणी–पोखरा–कोरला सडक प्रदेशको गौरवको योजना रहेकाले समयमै काम सम्पन्न हुने बताए । त्रिवेणी–पोखरा–कोरला सडक आर्थिक, धार्मिक र पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण रहेको बताउदै मुख्यमन्त्री नेपालीले समग्र प्रदेशको विकासमा यो सडक महत्वपूर्ण हुने दावी गरे ।

नवलपुरको झ्यालबास, रुचाङ, डेढगाउँ हुदै तनहु मानपुर फुला सडकमा जोडिएर तनहुको खैरेनी हुदै पोखरा सम्म यो सडकले जिल्लालाई प्रदेश राजधानी सँग जोडने भएकाले पनि पहाडी क्षेत्र र समग्र जिल्ला विकासका लागि पनि सडकले महत्वपुर्ण अर्थ राख्ने मुख्यमन्त्री नेपालीले बताए ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सहित पर्यटन मन्त्री मणीभद्र शर्मा कडेँल, भौतिक तथा पूर्वाधार विकास मन्त्री कुमार खड्का, आन्तरिक मामिला मन्त्री डोबाटे विक, प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, ओमकला गौतम, गाउँपालिका अध्यक्ष दुर्गवहादुर राना लगायतको उपस्थिती थियो ।
शिलान्यास गर्न अगाडि उनी त्रिवेणी दुम्किबास सडक खण्डको अवलोकन गर्न आएका थिए । उनले उक्त क्रममा बजेट अभावमा सडक निर्माण नरोकिने बताएका थिए ।

त्रिवेणी–पोखरा–कोरला सडक गण्डकी प्रदेशको भारतीय नाकासँग सोझै जोडिने एक मात्र मार्ग हो ।
त्रिवेणी–पोखरा–कोरला सडक मार्ग अन्तरगतको दुम्किबास त्रिवेणी खण्ड निकुञ्जका कारण रोकिएको थियो । मुख्य मन्त्री पोख्रेल आफै संघीय राजधानी काठमाडौं गएर त्रिवेणी दुम्किबासको सडक निर्माणका लागि फाइल सदर गर्न पहल गरेका थिए ।

वन मन्त्रालय लगायतका क्षेत्रबाट फाइल सदर भएपछि उनले त्रिवेणी–पोखरा–कोरला सडक मार्ग अन्तरगत पर्ने डेढगाउँ–झ्यालबास सडक खण्डको शिलान्यास गरेका हुन् ।



सम्बन्धित
Loading...