बाघले फेरि मान्छे खायाे



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ।



बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावर गाउँकी एक महिलालाई बाघले आक्रमण गरेको हो।

पाटेबाघको आक्रमणबाट ठाकुरबाबा ४ की अन्दाजी ४१ वर्षीय लिलि थारुको ज्यान गएको प्रहरीले जनाइएको छ।




मंगलबार वेलुकातिर पाटेबाघले थारुलाई आक्रमण गरेको थियो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

बाघ नियन्त्रणमा निकुञ्जले चासाे नदिएकाे भन्दै स्थानीय आक्राेसित भएका छन् ।



सम्बन्धित
Loading...