नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ




नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले चेकजाँचको क्रममा नवलपुरको कावासोती नगरपालिका–१६ चालिसकिलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आईरहेको प्रदेश ३ – ०६००१ ख ००१३ नम्बरको को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार दुई जनालाई लागुऔषध सहितत पक्राउ गरेको हो ।




पक्राउ पर्नेमा चितवन जिल्लाको राप्तिनगर नगरपालिका–२ बस्ने वर्ष २१ को सुनिल दरै र राप्तिनगर नगरपालिका ७ बस्ने वर्ष २१ को दिपसन सुनार रहेका छन् ।

 

उनीहरुको साथबाट लागुऔषध सहित नियन्त्रणमा लिई निजहरु उपर लागु औषध मुद्धामा थप अनुसन्धान कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...