बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ


 



११ फागुन, सिन्धुपाल्चोक । आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको छ ।

 

२८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका-१ ठाटिकुना वनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 




दाउरा चिर्ने विषयमा विवादका कारण जीवनले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...