एमसीसी विरुद्धको राँके जुलुसमा प्रहरी हस्तक्षेप पछि कावासोतीका ठाउँठाउँमा टायर बालेर प्रदर्शन (भिडियो र फोटो फिचर सहित)
नवलपुर । राष्ट्रघाती एमसीसी विरुद्ध संयुक्त संघर्ष समितिले नवलपुरको कावासोतीमा आयोजना भएको राँकेजुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
थकाली चोकदेखि कावासोती थाना चोकसम्म राँके जुलुस निकाल्ने तयारी गरे लगतै प्रहरीले हस्तक्षेप गरेर राँको निभाएको थियो ।
थकाली चोकमा प्रहरीले हस्तक्षेप गरेपनि प्रदर्शनकारीहरुले नाराबाजी र कोण सभा गरेको थियो ।
कोण सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलले एमसीसीले नेपाली जनतालाई मात्र नभएर नेपाली सुरक्षाकर्मीलाई पनि दमन गर्ने भएकोले त्यसको प्रतिकार गर्न नेपाली सुरक्षाकर्मीलाई आग्रह गरेका थिए ।
कोणसभा भईरहँदा संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न ६ दलका कार्यकर्ताहरुले कावासोतीको रामनगर चोक, दलदले, लगायतका क्षेत्रमा सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।











