एमसीसी विरुद्ध नवलपुरमा आज पनि प्रशासन अगाडि प्रदर्शन – फोटो फिचर
नवलपुर । पूर्वी नवलपरासीमा विहीबार पनि एमसीसी विरुद्ध प्रदर्शन भएको छ ।
प्रदर्शनमा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको पनि सहभागिता रहेको थियो । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीको पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किशान शर्मा गैरे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सालिकराम भट्टराई, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष विकाराम चौधरी, नेकपाका सितल लगायतले एमसीसी राष्ट्रघाती भएको भन्दै पास गर्न नहुनेमा जोड दिएका थिए ।
त्यसैगरी वक्ताहरुले स्वाधिन राष्ट्रमाथि गद्दार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले अमेरिकासँग पैसा खाएर एमसीसी पास गर्न खोजेको आरोप लगाएका थिए ।
https://www.youtube.com/watch?v=VKBmArmnT30






