रुकुममा टिपर पल्टिँयो : २ जनाको मृत्यु, २ घाइते


 



रुकुम (पूर्व) । रुकुम (पूर्व) को भूमे गाउँपालिका-४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

 

 




मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका-१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे-५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिनुभयो ।

 

घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका-५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।

 

निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए ।

 

सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ।

 



सम्बन्धित
Loading...