सेतापानीको शान्ति आधारभूत विद्यालय नमुना विद्यालय

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालय आधारभूत तहमा नमुना विद्यालय छनौट भएको छ ।
मध्यविन्दु नगरपालिकाले १ वडा एक सामुदायिक विद्यालय नमुना बनाउने योजना अन्तरगत शान्ति आधारभूति विद्यालय यस बर्ष नमुना विद्यालयमा छनौट भएको विद्यालय व्यवस्थपन समितिका अध्यक्ष सिद्धिमान खड्काले बताए ।
यहाँ कक्षा ८ सम्म पठनपाठन हुने गर्दछ । यस विद्यालयमा अहिले ३ सय ४४ जना विद्यार्थीहरु रहेका छन् ।
यस विद्यालयले यस बर्ष विद्यार्थी संख्याकै आधारमा दरबन्दी मिलान हुँदा प्रावि तहमा १, शिक्षण सिकाई अनुदान कोटामा १ र निमावि तर्फ ४ वटा दरबन्दी थप पाएको विद्यालयका प्रधानाध्याक दधिराम सापकोटाले बताए ।

यस बर्ष मध्यविन्दु नगरपालिका ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालय पनि नमुना विद्यालयमा छनौट भएको छ ।
त्यसैगरी गत बर्ष दुर्गा आधारभूत विद्यालय चोरमारा र सरस्वती आधारभूत विद्यालय अरुणखोला नमुना विद्यालयको रुपमा छनौट भएको थियो ।
मध्यविन्दु नगरपालिकाले सामुदायिक विद्यालयले पनि नीजि विद्यालय सरह प्रतिप्रर्धा गर्न सकुन भन्ने उद्देश्यले एक वडा एक नमुना विद्यालय बनाउन लागि परेको हो ।

नमुना विद्यालय छनौट भएका विद्यालयलाई नगरपालिकाले ५ बर्षसम्म निरन्तर ५ लाखको दरले शैक्षिक गुणस्तर सुधारमा प्रयोग गर्ने गरी अनुदान सहयोग गर्नेछ । नमुना छनौट विद्यालयले ५ बर्षसम्म कक्षा बढाउन पाउने छैन ।
