पल शाहबारे सोधपुछका लागि निर्देशक थापालाई प्रहरी कार्यालय लगियो


 



१४ फागुन । नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ ।

 

थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।

 




प्रहरीका अनुसार पल शाहका विषयमा सामान्य सोधपुछका लागि उनलाई बोलाएको हो । शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।

 

 

बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।

 

 

केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।



सम्बन्धित
Loading...