महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला


 



महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ ।

 

प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ ।

 

 




नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।

 

वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।

 

झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।

 

अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन् ।



सम्बन्धित
Loading...