नेवा देय् दवू नवलपुरको जिल्ला अधिवेशन, नयाँ समिति गठन – फोटो फिचर
नवलपुर । पूर्वी नवलपरासीमा रहेका नेवार समुदायको साझा संस्था नेवा देय् दवु जिल्ला समिति नवलपुरको चौथो जिल्ला अधिवेशन कावासोतीमा भएको छ ।
अधिवेशनले कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रलाल श्रेष्ठ, उपाध्यक्षमा जयराम श्रेष्ठ, महिला उपाध्यक्षमा निरु श्रेष्ठ, कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा रामकुमार श्रेष्ठ, महिला सचिवमा चन्दा वलामी श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रामजी श्रेष्ठ, सुजन श्रेष्ठ, कृष्णमान श्रेष्ठ, भवि श्रेष्ठ, भूमीप्रसाद श्रेष्ठ, टोपनारायण श्रेष्ठ, सोमकुमार श्रेष्ठ, लोकप्रसाद श्रेष्ठ, टिकाराम श्रेष्ठ, महेन्द्रकुमार पिया चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमै राजकुमार श्रेष्ठ, भूपतिमान श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, इश्वर अमात्य श्रेष्ठ, अमरकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, बुद्धिराज श्रेष्ठ, सन्तुकुमार श्रेष्ठ, शंकरकुमार श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले एक गुठी एक जिल्ला सदस्य रहने गरी जिल्ला कमिटि गठन गरेको हो । त्यसैगरी पालिका स्तरीय गुठीका अध्यक्षहरु पनि पदेन जिल्ला सदस्य रहने प्रावधान रहेको छ ।
त्यसैगरी अधिवेशनले पाँच जना प्रदेश प्रतिनिधि र पाँच जना केन्द्रिय प्रतिनिधि चयन गरेको छ ।
केन्द्रीय प्रतिनिधिमा अमृत श्रेष्ठ, सरिता श्रेष्ठ, मित्रलाल श्रेष्ठ, किरणकुमार श्रेष्ठ र चन्दा श्रेष्ठलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रविन्द्रकुमार श्रेष्ठ, टिकादेवी प्रधान , दिलमाया श्रेष्ठ, धुव्रकुमार श्रेष्ठ र नरेन्द्रकुमार श्रेष्ठलाई चयन गरेको छ ।
अधिवेशनमा नेवा देय दवू गण्डकी प्रदेशका इनचार्ज तथा केन्द्रिय उपाधयक्ष शंकर नारायण श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, गण्डकी प्रदेश सांसद जनकलाल श्रेष्ठ, देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ लगायतले शुभकामना राखेका थिए ।
त्यसैगरी कार्यक्रममा अरुणखोलामा गरिएको महोत्सवबाट भएको आम्दानीबाट आएको रकमबाट नेवा देय दवू गण्डकी प्रदेश र विनयी त्रिवेणी गाउँ समितिलाई १/१ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरिएको थियो ।
















