बाघको आक्रमणबाट एक जना घाइते




चितवन १७ फागुन । खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।

मंगलबार दिउँसो करिब १ बजेतिर भएको आक्रमणबाट खैरहनी १३ का अन्दाजी ३५/३६ वर्षका वीरबहादुर तामाङ घाइते भएका हुन्। वनभित्र तामाङसहित स्थानीय घाँस काट्न गएका थिए।




वनको चिहानडाँडा नजिक उनलाई बाघले आक्रमण गरेको खैरहनी १३ का वडा सदस्य जीवन कार्कीले जानकारी दिए। समूहमा भएकाले बाघले थप आक्रमण गर्न नपाएको उनले बताए।

 

आक्रमणबाट टाउकोको पछाडि भागमा चोट लागेका तामाङलाई उपचारका लागि भरतपुर लगिएको छ।

यसअघि सोही वनमा गत असोज महिनामा एक पुरुषको बाघको आक्रमणबाट ज्यान गएको थियो।



सम्बन्धित
Loading...