मदारबाबा मेलामा दुईको मृत्यु एक बेपत्ता एकको खुट्टा भाचियो




रामकरण अम्बेडकर परासी

नवलपरासीमा बर्दघाट सुस्ता पर्व विनयी त्रिवेणी गाउंपालीका वडा नं ६ परसहिया स्थित बदयुदिन कुतुबुल मदारबाबा मेलामा दुईको मृत्यु एक बेपत्ता एकको खुट्टा भाचियो ।




हिन्दु र मुस्लिम धर्मको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक मेलामा दुई जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको छ एक्को सुट्टा भाचिएको मृत्यु भएका मध्ये एक जना पुरुष र एक जना महिला एक बालकका खुट्टा भाचिएको प्रहरीले जनाएको छ ।

छिमेकी राष्ट्र भारत उतर प्रदेश जिल्ला खुशिनगर ग्राम कपतानगंज बस्ने ४५ वर्षको बिनोद सहानीको त्यसतै भारत उतर प्रदेश गोरखपुरको ईन्द्रपुरकी ५५ वर्षिय किरन शर्माको आफनै कालगतीबाट मृत्यु भएको र खुशिनगरकै १२ वर्षको दिपक यादवको दाहिना खुट्टा भाचिएको सुरक्षाकर्मीहरुले बताए ।

फागुन ९ गते देखि लागेको मेला १७ गते विहान समपन्न भएको हो यस वर्ष बदयुदिन कुतुबुल मदारबाबाको मुख्यस्थलमा हनिफ मिया पुजारीको रुपमा बसेका थिएं । मदारबाबा मेला ब्यवस्थापक समितीका अध्यक्ष जमालु दिन अंसारीले बताए ।

अंसारीका अनुसार भारत खुशिनगर जिल्लाका नवि हुसैन अंसारी मदारबाबा मेलाबाट शनिवार सांझ बेपत्ता रहेका छन पता लगाउने कार्य जारी रहेको छ । मेलामा यस वर्ष नेपाल भारत र बिहारबाट १० लाख दर्शनार्थी मदारबाबा मेलामा आएका थिए ।

अंसारीका अनुसार १२ सय वर्ष पुरानो मदारबाबाको मुख्य स्थल रहेको र मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्रकोडाँडामा रहेको छ। मेलामा आउने श्रद्धालुले बाबाको मुख्यस्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विस्वास रहेको छ।

पहाड भित्रका सडक खण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि निकै कठिन परिश्रमबाट मात्र बदयुदिन कुतुबुल मदारबाबाको मुख्यस्थलमा पुगिन्छ।

 



सम्बन्धित
Loading...