नवलपुरमा तेक्वान्दाको जुनिएर ग्रेडीङ्ग इक्जामिनेसन

फागुन १४ । नेपाल तेक्वान्दो एसोसिएसन नवलपुरले जुनिएर ग्रेडीङ्ग इक्जामिनेसन कार्यक्रम सम्पन्न गरेको छ ।
त्रिभूवन बाल माविको प्राङ्गणमा सम्पन भएको कार्यक्रमको सभापतिमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चुणामण्ी थनेत रहनु भएको थियो । खेल मानव जिवनमा अपरिहार्य रहेको भन्दै उहाले स्वास्थ्य हुन देखि लिएर अनुशासित तथा राष्ट्रलाई चिनाउन मद्दत गर्ने खेलकुद प्रति सबै सबै सकारात्मक हुनु पर्ने बताउनु भयो ।
प्रमुख अतिथिका रुपमा रहनुभएका जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सेतमान पुनको विद्याथीहरुको सिप विकासका लागि तेक्वानदो खेल प्रभावकारी तरिकाले अगाडी बढाउने तेक्वान्दो एसोसिएसन नवलपुरलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । खेलकुदले धन तथा मान समेत प्राप्त हुने हुदा सबैलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
व्ल्याक बेल्ट प्रशिक्षक महिमा महतोले स्थानिय तहका हरेक विद्यालयमा खेलकुदलाई मुख्य प्राथकितामा राखे खेलकुद क्षेत्रको विकास हुने बताउनु हुन्छ । खेलकुदबाट खेलाडीका चिनारी र ब्यक्तिगत सुरक्षा समेत हुनेमा बिश्वस्त रहन सुझाउनुभयो ।
खेलकुद विकास समितीका कार्यलय प्रमुख विष्ण्ुा लाल श्रेष्ठ, खेलकुद विकास समितीका सदस्य निरज चौधरी , जिल्ला भलिबल संघका सदस्य टार्जन चौधरी , प्रशिक्षक अजुर्न चौधरी , सन्दिप महतो विशाल महतो , सुनिल महतो , धनराज चौधरी , विष्णु महतो लगाएत अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्लामा ५ सय भन्दा बढि तेक्वान्दोका खेलाडी रहि रहदा जुनिएर ग्रेडीङ्गमा कावासोती नगरपालीका र मध्यविन्दुका १०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।