बुवाआमाको स्मृतिमा कावासोतीका शिवमन्दिरमा ४ लाखको ट्रस निर्माण
कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको राममन्दिरको शिव मन्दिरमा ४ लाखको लागतमा ट्रस निर्माण गरिएको छ ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ र उनका दाजु पूर्णकुमार श्रेष्ठले बुवाआमाको स्मृतिमा ट्रस निर्माण गरिदिएका हुन् ।
बुवा खगेन्द्रकुमार श्रेष्ठ र आमा शुक्रादेवी श्रेष्ठको स्मृतिमा निर्माण गरिएको १०८ शिवलिङ्गमाथिको ट्रस शिवरात्रीका दिन हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रम एक औपचारिक कार्यक्रमका बीच गरिएको थियो ।
