नवलपुर काँग्रेस अधिवेशनः सहमतिको लागि लम्बाइयो निर्वाचन तालिका, मतदान २१ गते




कावासोती । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन फागुन १९ गते बाट सुरु हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले फागुन १९ गते मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान हुने निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

 




स्रोतका अनुसार सभापति पदमा महेन्द्रध्वज जिसीलाई सर्वसम्मत बनाउने प्रयास भईरहेकोले निर्वाचन तालिका लम्बाइएको हो । पछिल्लो एक साता यता नेपाली काँग्रेस नवलपुरका सभापतिमा सहमति जुटाउन महेन्द्रध्वज जिसी पक्षधर पटक पटक छलफलमा जुटेका छन् ।

 

तथापि देउवा पक्षका सभापतिका आकांक्षी बालकृष्ण घिमिरे सभापतिको दौडबाटट बाहिरिने इच्छा नदेखाएका कारण सहमति जुट्न सकेको छैन । सहमति नजुटे अर्का एक जना पनि सभापतिका उमेदवार थपिने अनुमान गरिएको छ ।

 

२१ गते हुने निर्वाचनले सभापति सहित ७ जना पदाधिकारी र ३४ जना जिल्ला कार्यसमिति सदस्य सहित कुल ४१ जनाको जिल्ला कार्यसमिति चयन गर्ने जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।

मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालय बिपि स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श डिग्री कलेजमा हुने कांग्रेसको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 



सम्बन्धित
Loading...