चितवनबाट राष्ट्रिय परिचयपत्र दर्ताको फाराम अनलाइनबाट भर्न सकिने




भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र दर्ताको लागि बुधबारदेखि अनलाइन फाराम भर्ने व्यवस्था गरेको छ ।

 

प्रशासनले अनलाइनबाट राष्ट्रिय परिचयपत्र दर्ताको फाराम भरी बायोमेट्रिकको लागि आफ्नो सक्कल काजजातसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

 




राष्ट्रिय परिचयपत्र दर्ताको लागि कम्प्युटर वा ल्यापटपमा http://enrollment.donidcr.gov.np लग इन गरेर अनलाइन फर्म भर्न सकिने व्यवस्था गरेको प्रशासनले जनाएको छ ।

 

फर्म भर्नका लागि माथि उल्लेखित प्रक्रिया पूरा गर्नुपर्ने प्रशासनले जनाएको छ ।

 



सम्बन्धित
Loading...