नवलपुरमा मृत गैंडा फेला


 



नवलपुर । नवलपुरको कावासोतीमा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ ।

कावासोती नगरपालिका वडा नं १० को कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन ।

 




तिवारीका अनुसार निउरो टिप्न सामुदायिक वनको बेल घारी सोरहामा गएका स्थानीयहरुले गैंडा मृत अवस्थामा देखे पछि निकुञ्ज प्रशासनलाई खबर गरेका थिए ।

 

मृत गैंडाको खाग र खुर सुरक्षित रहेको तिवारीले बताए । यो सँगै चालू आर्थिक वर्षमा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए । ३० मध्य २८ गैंडा प्राकृतिक कारणले मरेका हुन ।

 

 



सम्बन्धित
Loading...