काँग्रेस नवलपुरकाे पदाधिकारी चयन सहमतिकाे नजिक




नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसकाे पदाधिकारी चयन सहमति नजिक पुगेकाे छ ।

स्राेतका अनुसार काँग्रेस सभापतिमा महेन्द्रध्वज जिसीकाे पक्षमा सहमति जुटेकाे तथापि औपचारिक घाेषणा हुन भने बाँकी छ ।




सभापतिमा बालकृष्ण घिमिरेकाे पनि दावी थियाे । घिमिरे उपसभापतिमा रहने सहमति भएकाे छ ।

त्यसैगरी अर्का उपसभापतिमा चन्द्रबहादुर रानाकाे पनि दावी छ।

सचिवमा महेन्द्र पाेख्रेल र हाेमराज रानाभाटकाे नाममा सहमति नजिक पुगेकाे छ ।

तथापि पदाधिकारी कै केही पदमा सहमति जुट्न नसके पछि निर्वाचन मण्डलले मनाेनयन दर्ता शुरू गरेकाे छ ।

निर्वाचन तालिका अनुसार मनाेनयन दर्ता आज २ बजेसम्म रहेकाे छ ।

तालिका अनुसार भाेलि मतदान हुने कार्यक्रम रहे पनि सहमति जुटाउनका लागि मतदान केही पर धकेलिने सम्भावना छ ।

निर्वाचनले सभापति सहित ७ जना पदाधिकारी र ३४ जना जिल्ला कार्यसमिति सदस्य सहित कुल ४१ जनाको जिल्ला कार्यसमिति चयन गर्ने जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।



सम्बन्धित
Loading...