टेक्टरको ठक्करबाट ट्राफिकका सई पौडेलको मृत्यु

टेक्टरको ठक्करबाट चितवन ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) अर्जुन पौडेलको मृत्यु भएको छ ।
जगतपुरबाट गितानगरतर्फ आउँदै गरेको ना ४ त ८८२९ नम्बरको टेक्टरले बिहिबार बेलुका करिब ९ बजे गितानगरमा ड्युटीमा रहेका पौडेललाई ठक्कर दिएको थियो ।
टेक्टरले आफ्नो लेन बाहिर गएर पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए ।
उनकाअनुसार टेक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए ।
टेक्टर र टेक्टर चालक भरतपुर–२८ मेघौलीका ५५ वर्षिय पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

।