नवलपरासीमा २ लाख ४९ हजार ७ सय मुल्य बराबरको अवैध मालसामान

नवलपरासी (पश्चिम) प्रहरीले अन्दाजी २ लाख ४९ हजार ७ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख २४ हजार मुल्य बराबरको १२४० पिस बिभिन्न मोवाईलका कभर प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नं. ४ लुटपुरवा स्थितबाट बरामद गरेको छ । उक्त मोवाईल कभर मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
त्यसैगरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको १ लाख २५ हजार ७ सय मुल्य बराबरको अवैध बोईलर कुखुरा, माछा तथा बिभिन्न मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

जसमा ६१ हजार ९ सय मुल्य बराबरको बिभिन्न सजावटका सामान तथा १०० के.जी. घाँसको विउ पाल्हीनन्दन गाँउपालिका वडा नं.२ स्थितबाट प्रहरीले बरामद गरेको हो भने ३५ हजार मुल्य बराबरको १४० के.जी. माछा पाल्हीनन्दन गाँउपलिका वडा नं. १ बड्की सुनरी स्थितबाट बरामद गरिएको हो ।
त्यसै गरी भारतबाट नेपाल तर्फ ल्याँदै गरेको अन्दाजी २८ हजार ८ सय मुल्य बराबरको अवैध बोईलर कुखुरा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नं. १ झरही खोला स्थितबाट बरामद गरिएको छ । उक्त मालसामान, बोईलर कुखुरा र माछा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
बरामद बोईलर कुखुरा र माछा पशु क्वारेन्टाईन महेशपुरको रोहवरमा खाल्डो खनी पुरी नष्ट गरिएको छ भने अन्य मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको छ ।
