नवलपुरमा अटो दुर्घटना ४ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
प्रहरी चौकी कोल्हुवाका अनुसार गएराति नवलपुरको मध्यविन्दु नगरपालिका १, गुडचरी चोक स्थित भित्री सडक खण्डमा अटो दुर्घटना भएको हो ।
पूर्व वाट पश्चिम (डण्डा बाट कोल्हुवा) तर्फ आउँदै गरेको ग. प्र.०४–००१ ह ०१६८ नं.को अटो आफै अनियन्त्रित भई सड्कको छेउमा रहेको नालामा खस्न गई दुर्घटना भएको हो ।
दुर्घटनामा परी अटोमा सवार ४ जना घाइते भएका छन् । दुर्घटनामा परी मध्यबिन्दु १ बस्ने बर्ष २२ कि गिता खत्री, बर्ष २६ की कोपिला खड्का, बर्ष १६ की तेज कुमारी खड्का र बर्ष २८ को रामबहादुर भण्डारी घाइते भएका हुन् ।
घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको छ ।
