नवलपुरमा लागुऔषध गाँजा सहित ५ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा इलाका प्रहरी कार्यालय रजहरले लागुऔषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार इलाका प्रहरी कार्यालय रजहरका प्रहरी निरीक्षक भिमसेन घिमिरेको नेतृत्वमा खेटेको टोलीले देवचुली १६ बाट लागुऔषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको हो ।
देवचुली नगरपालिका १६ बस्ने बर्ष ६० को होम बहादुर परियारको घरमा लिकाई छिपाई राखेको २ सय ५० ग्राम लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले होम बहादुर परियार सहित स्थानीय बर्ष ५५ कि सिता परियार, बर्ष ३८ को चन्द्र भुषाल, बर्ष ६३ की मनकली सार्की र बर्ष ४५ की सोमाया नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोती ल्याइएको छ ।
