आदिवासी जनजातिका लागि मानवअधिकार सम्बन्धि अभिमुखीकरण
नवलपुर । पूर्वी नवलपरासीमा आदिवासी जनजाति समुदायको लागि मानव अधिकार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम मध्यविन्दु २ नन्दपुरमा भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) द्धारा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
आदिवासी जनजाति समुदायहरुलाई मानवअधिकार, कानुन र संयन्त्रहरु (दुबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय) बारे जानकारी गराई उनीहरुको अधिकार स्थानिय तथा राष्ट्रिय स्तरमा पैरवी, संरक्षण र प्रवर्धन गर्न सहयोग पु¥याउनुे उद्देश्यले यस अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
दुुई दिनसम्म चलेको अभिमुखिकरण कार्यक्रममा (लाहुर्निप) का सचिव तथा अधिवक्ता शंकर लिम्बुले सहजीकरण गरेका थिए भने कार्यक्रममा थारु, बोटे र मगर समुदायको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जबाट प्रभावित आदिवासी समुदायले भोगेका समस्याहरुबारे छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को अध्यक्ष चिनीमाया माझीले आदिवासी समुदायको हक, अधिकारको संरक्षणको लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।



