ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु




कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् ।




दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री गर्दै गरेको सूदुर पश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।

 

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...