महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरि सुस्ताले मनायो नारी दिवस




श्याम थापा –

सुस्ता २४ फाल्गुन –




महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले ११२ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

महिला तथा बालबालिका शाखा सुस्ता गाउँपालिका र एबिसी नेपालको संयुक्त साझेदारीमा आयोजना गरेको ११२ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुस्ता गाउँपालिका भित्र रहेको ३५ जना महिला स्वास्थ स्वयंसेविकाहरु मध्ये ६० बर्ष उमेर पुगेका ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर र प्रमाणपत्र द्वारा सम्मान गरिएको छ भने अन्य बाकी महिला स्वास्थ्य स्वयंसेविकहरुलाई खादा ओढाएर सम्मान गरिएको छ ।

सुस्ता गाउँपालिकाकि उपाध्यक्ष इन्द्र कुमारी थरुनीको अध्यक्षयतामा,सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख अतिथ्यतामा र सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको बिशिस्ट अतिथ्यतामा भएको ११२ औ महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले महिलाहरुको हक अधिकारको लागि र महिलाहरुले आफ्नो क्षमता बिकास जस्ता कार्यको लागी सुस्ता गाउँपालिका रहेको बताउनु भएको छ ।

पालिका अध्यक्ष पाण्डेयले महिला दिदीबहिनीहरुको लागी केही समस्या परे या कुनै किसिमको गतिविधि गर्न परे सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेयलाई सोझै भेटेर आफ्नो कुरा राख्न पाउने पनि बताउनु भयो ।

त्यसैगरी अध्यक्ष पाण्डेयले कोभिडको बेला अरु ढोका लाएर बस्ने बेला ढोका ढकढक्याउन पुगेर स्वास्थ्य सेवा दिएको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुको आफू र आफ्नो गाउँपालिकाले उच्च कदर गर्नुको साथै पालिका भित्र रहेका ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्नु भएको छ ।

 

दिवस कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका बिशिस्ट अतिथि एवं सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाशले यो दिवस एउटा श्रमिक महिलाहरुको दिवस रहेको र महिलाहरुको हक अधिकार,महिला माथी हुने अन्याय अत्याचार शोषणका लागी महिला दिदिबहिनीहरुले मात्र आवाज उठाएर नहुने र यसमा पुरुषहरुले पनि उठान गरिदिनुपर्ने जोडदिनु भएको थियो भने परिवर्तन आफै र आफ्नै घरबाट सुरुवात गर्नुपर्ने पनि आग्रह गर्नु भएको थियो भने दिवस कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं सुस्ता गाउँपालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले महिला दिदीबहिनीहरु आफ्नो हक अधिकारको लागी एक हुनुपर्ने र आफुले महिलाहरूको आवाज बुलन्द गर्नको लागि हरबखत तयार रहेको बताउनु भयो ।

 

सो दिवस कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका प्रमुख साबित्रा आलेले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सहसचिव श्याम बुचा मगर,सुस्ता गाउँपालिकाको कार्यालयका कार्यपालिका सदस्य कुन्ती मुखिया,रम्भा हरिजन,महिला स्वास्थ्य स्वयंसेविका समिति सुस्ताका अध्यक्ष इन्दिरा पङ्गेनी र एबिसी नेपालका फिल्ड अधिकृत सन्जित कुमार शर्माले महिला दिवस बारे आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

 



सम्बन्धित
Loading...