दाङमा यसरी मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस फोटो फिचर सहित


 



ईश्वरी गैरे –
दाङको तुलसीपुरमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विविध कार्यक्रम गरी मनाइएको छ ।

महिला दिवसको अबसरमा तुलसीपुरको अरनिको मेैदानबाट बाजागाजा सहित नाराजुलुस गर्दै र्याली निकालिएको थियो । र्यालीले नगर परिक्रमा गरि बिपि चोकमा आमसभामा परिणत भएको थियो ।




कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको विशेष कमिटी सदस्य एबम पुर्ब साँसद सीता बि क सम्झनाले नेपालीहरुको बिरताको इतिहास, स्वाभिमानी नेपाली इतिहास कायम गर्न श्रमजीवी मुक्तिकामी महिलाहरु सडकमा आन्दोलित हुनुपर्ने आवस्यक रहेको समेत बताए ।

 

उनले नेपालीहरुको इतिहास मागेर खाने इतिहास नभएको समेत जिकिर गरे ।
नेतृ सम्झनाले भने– ‘नेपालीको इतिहास कसैको पाउ मोलेर,गुलामी गरेर खाने इतिहास होइन। नेपालीको इतिहास संघर्ष गरेर आफ्नै श्रम पसिनामा बाच्ने इतिहास हो।’

यसेैगरि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओओवादी) निकट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य शुसिला आचार्यले सम्पुर्ण मुक्तिकामी बिरङ्गनाहरुको सङघर्षको इतिहासले हामीलाई बोल्न लेख्न राजनीतिक अधिकार स्थापित गरे पनि समाजमा श्रमजीवी महिलाहरु अपहेलित हुनुपरेको बताए ।

उनले नारीको पुरुष सरह काम गरे पनि समान ज्याला नभएको, घरको चारकुनाबाट बाहिर निस्कन नपाउने जस्ता समस्या अझै पनि जस्ताको तस्तै रहेकोले समाज रुपान्तरणका लागि नेपाली महिला हरेक आन्दोलनमा जुरुक्क उठनुपर्ने बताए ।

उने हालै व्यापक विरोधका बाबजुत राष्ट्रघाती एमसीसी पास गरिनु देश र जनताको लागि ठुलो धोका भएको बताए । उनले एमसीसी विरुद्ध आमनागरिक सडकमा उत्रिनुको विकल्प नभएकोमा जोड दिए ।

 

त्यसैगरी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिशीले शुभकामना मन्तब्य दिदै दलालहरुले देश बेचिरहेकाले स्वाभिमानी नेपालीले सङघर्षबाट राष्ट्रघातिहरुलाई ठेगान लगाउनुपर्ने जोड दिए ।

अनेमसंघका केन्द्रीय सदस्य पुर्णिमा आचार्य, शान्ति समाज दाङ जिल्ला सचिव निर्मला डाङ्गी, अनेमसंघ क्रान्तिकारीकि केन्द्रीय सदस्य अशोका, लगाएयले कार्यक्रममा मन्तव्य राखेका थिए ।

 

कार्यक्रम अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का हेमन्ता घिमिरेको अध्यक्षतामा र अनेमसंघ क्रान्तिकारी जिल्ला संयोजक रेखा रोकाको सञ्चालनमा भएको थियो ।

 

 

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...