कृषि यन्त्र तथा पशु स्वास्थ्य समाग्री वितरण
रामकरण अम्बेडकर परासी –
पश्चिम नवलपरासीमा स्वाठी कृषि सहकारीको सहमतीमा प्राङगडमा समावेशी ग्रामीण विकास परियोजनाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा समाग्री वितरण गरेको छ ।
कन्हैया थारुको अध्यक्षतामा, प्रमुख अतिथि सुनवल नगर प्रमुख दधिराम अर्याल, विशिष्ट अतिथि आई आर डि एन का टिमलिडर लोक बहादुर थारु, अतिथि चेतन थापा, अमर बहादुर थारु, गिर बहादुर थापा, लगायत उपस्थिती रहेको थियो ।
कोईका नेपालको आर्थिक सहयोग तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको प्राविधिक सहमतीमा संचालित ग्रामिण विकास परियोजना समावेशी ग्रामीण विकास परियोजनाको सहमतीमा पशुपालक तरकारी खेती गर्ने किसानहरुलाई व्यवसायीक र आतम निरभर बनाउनको स्थानिय सरकारको उपस्थितीमा स्वाठी कृषि सहकारीको कम्पाउणडमा विभिन्न प्रकारको कृषि औजार तथा सामाग्री बितरण गरेको आई आर डि एन का टिमलिडर लोक बहादुर थारुले बताए ।
ग्रामिण विकास परियोजना नवलपरासी स्थानियद्रारा पहल परियोजना स्वाठी सहकारीको प्राङगडमा कृषि यन्त्र तथा पशु स्वास्थ्य समाग्री वितरण कार्यक्रम गरी समावेशी ग्रामिण विकास परियोजनाले पचास प्रतिशत अनुदानमा हाथे टयाकटर छाटीकाटने मेसिन गाई भैंसीको गोठ मर्मतको लागि आर्थिक औषधीहरु वितरण गरेको छ ।
परियोजना कोईका नेपालको आर्थिक सहयोग तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा कृषकहरुको आयश्रोत बृद्धी गरी जीवन स्तर सुधार ल्याउनका निम्ति समावेशी ग्रामिण विकास परियोजनाले सुनवल वडा नं ९ मा नमुना फार्म विकास गरिरहेको आई आर डि एन का टिमलिडरले जानककारी दिए ।
आई आर डि एन का टिमलिडरका अनुसार माछापालन, धानकाटने मेसिन, तरकारी खेती, दुध उत्पादन, गर्ने व्यवसायमा कृषकहरुलाई आधुनिकिकरणको लागि कृषक र परियोजनाको लगानिमा कृषि यन्त्र तथा औजार सहयोग गरेको परियोजनाबाट उपलब्ध गराईने मेसिन तथा औजारहरुको दिर्घकालीन उपयोग रहेको छ ।
८ जना लाई हाथे टयाकटर, १० जनालाई छाटीकाटने मेसिन , ७ जनालाई गाई भैंसीको गोठ मर्मतको लागि १५/१५ हजारको चेक, औषधीहरु गरी नौ लाख उनन्तीस हजार नौ सय चालीस रुपैया बराबरको समाग्री वितरण गरेको थारुले बताए ।
गाई भैंसीहरुलाई स्वास्थ्य राखनको लागि पशु पोषण केयालसियम फिनायल जस्ता विभिन्न औषधीहरु र दुध बढाउने भिटामिन कति कसरी प्रयोग गर्ने सुझाव सल्लाह दिदै छतीस हजार मुल्य बराबरको निशुल्क वितरण गरेको पशु प्राविधिक चेतन थापाले बताए ।
किसानहरुलाई ब्यवसायीक बनाउनको लागि पशुपालन तरकारी खेती माछापालन गर्नको लागि जनचेतना आवश्यक छ । चेतना मुलक कार्यक्रम मार्फत ठुलो मेसिन दिने र उत्पादन गरेको समाग्रीहरु ब्यवस्थापन तथा विक्री वितरण गर्न स्थानिय सरकारको जिमेवारी हो नगर प्रमुख दधिराम अर्यालले बताए ।
हामी स्थानिय सरकारले तल्लो वर्गका कृषकहरुलाई आतम निर्भर बनाउनको लागि गर्नु पर्ने सहयोग समावेशी ग्रामिण विकास परियोजना लाई ५ नं वडाका अध्यक्ष अमर बहादुर थारुले धन्यबाद दिएका छन ।