नवलपुरमा विद्युतीय राहदानी फारम आवेदन आफै दिन सकिने, हप्तामा दुई दिन खुल्ला




नवलपुर । पूर्वी नवलपरासीमा विद्युती राहदानी फारम आवेदन निवेदक आफैले भर्न सक्ने गरि खुल्ला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी हप्ताको दुई दिन आइतबार र शुक्रबार अनलाइन निवेदन दिन सक्ने जनाएको छ ।




आइतबार र शुक्रबार विहान ९ः४५ देखि १०ः३० सम्म र सो दिन विदा वा सार्वजनिक विदा परे त्यसका भोलि पल्ट अर्थात कार्यालय खुल्ने दिन भर्न सकिने जनाइएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार आवेदक आफैले अनलाइन फारम भरेपछि फारममा तोकिएको मिति र समयमा जिल्ला प्रशासनमा निवेदक आफै उपस्थित भएर फोटो खिचाउन र सही छाप लगाउने काम गर्नु पर्ने छ ।

नवलपुरबाट पनि दुई महिना अघिदेखि विद्युतीय राहदानी वितरण शुरु भएको छ । भरखरभरखर विद्युतीय राहदानी वितरण शुरु भएकोले अहिले तत्कालका लागि सातामा दुई दिन आफै आवेदन दिन सक्ने गरी खुलाइएको र पछि नियमित खुल्ला हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

 

आफै आवेदन दिनका लागि https://emrtds.nepalpassport.gov.np मा गएर लगलिन गरेर निवेदन दिन सकिने छ ।

 



सम्बन्धित
Loading...