चितवनमा मोटरसाइकल दुर्घटनामा एकाघरका ३ जनाको निधन


सांकेतिक तस्वीर


चितवन । चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एकाघरका ३ जनाको घटना स्थलमै निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको ईच्छाकानमा गाउँपालिका २ रमाईलो डाँडा स्थित भित्री सडक खण्डमा ईच्छाकामना २ तर्फबाट शक्तिखोरतर्फ आउदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको घटना स्थलमै निधन भएको हो ।

 




मोटरसाइलक सडकबाट ३ सय मिटर तल खसी दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक चितवन ईच्छाकामना गाउँपालिका २ बस्ने बर्ष ३४ को नविन गुरुङ, मोटरसाइकल पछाडी सवार इच्छाकामना गाउँपालिका ३ बस्ने बर्ष ३० की तृकि भन्ने प्रतिभा गुरुङ र र प्रतिभाका छोरी ५ बर्षीय आरोन गुरुङको घटना स्थलमै निधन भएको हो ।

 

प्रहरीले घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाएको जनाएको छ ।

 

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo&t=223s



सम्बन्धित
Loading...