दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी, सात जनाको मृत्यु


 



भारतको राजधानी नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति भएको आगलागीमा सात जनाको मृत्यु भएको छ । यस क्षेत्रमा धेरै झुपडीहरू रहेका छन् ।

 

 

 

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीले भने, ‘गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको थियो। उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो ।

 

 




हामीले अग्नि नियन्त्रण विभागलाई सम्पर्क गऱ्यौँ जसले तुरुन्तै प्रतिक्रिया जनाएका थिए । बिहान चार बजेतिर हामीले आगो नियन्त्रणमा ल्यायौँ ।’

 

दुर्घटनामा ३० वटा झुपडी जलेको र सात जनाले ज्यान गुमाएको उनले बताए ।  राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पीडितहरुलाई भेटेर अवस्थाको विवरण लिन गोकुलपुरी जाने बताएका छन् ।

 

 



सम्बन्धित
Loading...