चितवनमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु


 



चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

 

 

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन् ।

 




उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

 शुक्रबार साँझ ५ बजे ईच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी जुटपानीले जनाएको छ ।  



सम्बन्धित
Loading...