युएई भाग्न लागेका पाकिस्तानी विपक्षी नेता पक्राउ


 



काठमाडौं   पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ ।

 




पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज पिएमएल—एन का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो ।

 

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

 

 

नेता खान विमानमार्फत् भागेर संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

 

 

उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाई छ ।



सम्बन्धित
Loading...