२१ महिने बालिकाको मृत्यु, बलात्कारको आशङ्का !


 



मोरङको सुन्दरहरैचा–७ मा अर्धचेत अवस्थामा भेटिएकी २१ महिने बालिकाको मृत्यु भएको छ । उनीमाथि बलात्कार भएको आशङ्का गरिएको छ ।

 

प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भएको हो ।




सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशङ्का गरिएको छ ।

 

यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेको बताउँदै उनले अवस्था हेर्दा बलात्कार भएजस्तो देखिने बताए ।

 

‘गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । आज मृत्यु भयो,’ उनले भने ।

 

बेलुका ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उनले बताए । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट छ ।

 

घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनर्दन जिसीले बताए । शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । पोस्टमार्टमपछि थप विषय खुल्ने उनले बताए ।

 

https://www.youtube.com/watch?v=s93Z9BTA38Q

 



सम्बन्धित
Loading...