वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने समूहका दुई जना पक्राउ

भरतपुर । यही फागुन २३ गते दिउँसो १ बजेको समयमा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजालको कार्यकक्षभित्र अनाधिकृतरुपमा प्रवेश गरी दुर्व्यवहार गर्ने समूहका दुई जना पक्राउ परेका छन् ।
वडाध्यक्ष रिजालको कार्यकक्षमै ६/७ जनाको समूहले कालोमोसो दलेर जुत्ताको माला लगाउने प्रयास गरी फरार भएका थिए ।
सो घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेकामध्ये राप्ती नगरपालिका वडा नं ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र ३७ वर्षीय सागर राईलाई फागुन २७ गते मकवानपुर उपमहानगरपालिका वडा नं ३ स्थित राईटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भइरहेको र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=s93Z9BTA38Q
https://www.youtube.com/watch?v=oxWOBEYDoXo