भन्सार छलि ल्याएका ९ बोरा अवैध कपडा नवलपुरमा बरामद 


 



नवलपुर । भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएका ९ बोरा कपडा नवलपुर प्रहरीले बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक दिलीपकुमार गिरीका अनुसार कावासोती नगरपालिका १६ स्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा प्रहरी टोलीद्वारा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त कपडा बरामद गरेको हो ।

 




पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु २ ख ५७७४ नंम्बरको ट्रक चेकजाँच गर्ने क्रममा  कपडा लोड भई आएको अवस्थामा बरामद गरी सामानको बरामदी मुचुल्का गरि थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।

 

प्रहरीले अवैध रुपमा कपडा भित्र्याउने फरार रहेकोले उनको खोजी कार्य रहेको जनाएको छ ।

 

 

लागुऔषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम

 

कावासोती । नवलपुर प्रहरीले विद्यार्थीहरुलाई लागुऔषध दुव्यसन सम्बन्धित सचेतना प्रदान गरेको छ ।

 

देवचुली ९ को कालिका कालिका माध्यमिक विद्यालयको समन्वयमा कक्षा ८,९ र १० मा अध्ययनरत विध्यार्थी तथा शिक्षकलाई प्रहरीले लागुऔषध दुर्व्यसन सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेको हो ।

 

 



सम्बन्धित
Loading...