भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण


 




नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ ।

 

 

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो ।

 

 


आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध पूर्णिमाको दिनबाट त्यहाँ अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी तयारी गर्न निर्देशन दिएका थिए ।

 

 

त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि अर्थात् जेठ २ गतेबाट नै उडान–अवतरण गर्ने गरी काम गरिरहेको जनाएको छ ।

 



सम्बन्धित
Loading...