कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु, ५२ जना घाइते


 



अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् ।

 

कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो ।

 




१५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका लागि सडक पूर्वाधार नभएका कारण रेल यात्रा बाध्यकारी छ । जसका कारण वर्षेनी रेल दुर्घटना हुने गरेको छ ।

 

गत अक्टोबरमा मात्रै सोही प्रान्तमा भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएकोथियो ।

 

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

https://www.youtube.com/watch?v=s93Z9BTA38Q&t=6s



सम्बन्धित
Loading...