बलात्कार मुद्दाका दोषी पाँच वर्षपछि पक्राउ


 



३० फागुन, बाजुरा । जिल्ला प्रहरी कार्यालयले बलात्कार आरोपमा सजाय पाएका जगन्नाथ गाउँपालिका-५ का नवराज शाहीलाई पक्राउ गरेको छ ।

 

उनी पाँच वर्षपछि आइतबार गगन्नाथ गाउँपालिकाबाटै पक्राउ परेका हुन् ।

 

 




प्रहरी कार्यालयकाका अनुसार २०७४ साल पुस १३ गते सोही गाउँकी एकल महिलालाई बलात्कार गरी फरार रहेका थिए ।

 

जिल्ला अदालतको २०७६ भदौ ३ गतेको आदेशले उनलाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो ।

 

 

उक्त फैसला अनुसारको कार्यान्वयन गर्न सोमबार जिल्ला अदालत बजुरामा पेश गरी कैद भुक्तानका लागि आजनै कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...