काटेर राखेको फलफूल खानु हानिकारक

व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् ।
आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै खानुपर्ने बताउँछिन् । उनी फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्वमा कमी आउने बताउँछिन् । साथै, उनले काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि बताइन् ।
फलफूल काटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइड्स, एन्टिअक्सिडेन्ट, मिनरल र अन्य पोषकतत्वहरुमा कमी आउँछ । फलफूल प्रकाश र अक्सिजनको सीधा सम्पर्कमा आउँदा भिटामिन सी गायब हुन्छ ।
यसका साथै, फल प्राकृतिक रुपमा बोक्राले ढाकिएको हुन्छ । जसका कारण यसमा रहेको भिटामिन ए र ई पनि हुन्छ । जब यसलाई काटिन्छ यसको सुरक्षा कवच पनि निक्लन्छ ।
फलफूलमा एन्टिअक्सिडेन्टबाट हुन्छ र काटेर खुला राख्दा अक्सिजनसँग प्रतिक्रिया जनाएर विशाक्त बन्न थाल्छ । त्यसैले काटिएको सट्टा ताजा फल खानुहोस् ।