जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ


 

 



गोरखा  । बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

 

 




विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८ सय ४० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...