नवलपुरः छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जना गम्भीर घाइते




नवलपुर । पूर्वी नवलपरासीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ सिजी गेट अगाडि भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छनज् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सि.जि.गेट अगाडी पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५३ प ४२०९ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री देवचुली १६ फारम वस्ने बर्ष ३५ को राकेश कुमार जैसवाल घाईते भएका हुन् ।




उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपूर लगेको, टाउको, खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु ६ टाँडी स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ५५ प ५६९८ नम्बरको मोटरसाइकलले साईकल यात्री मध्यविन्दु ६ निवासी बर्ष ३४ कि कृष्ण कुमारी काफ्लेलाई ठक्कर दिएको हो ।

काफ्लेको उपचारका लागि भरतपुर तर्फ पठाईएको, टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कावासोती १६ सातघरे भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिंदा साइकल यात्री घाइते भएका छन् । भने मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १५ प १२४ नंम्बरको मोटरसाइकलले साईकल यात्री सातघरे बस्ने बर्ष ६५ को कृष्णप्रसाद न्यौपानेलाई ठक्कर दिदा घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल ल्याएको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी मोटरसाइकल चालक कावासोती १४ बस्ने बर्ष २५ को शिवराज महतो पनि घाइते भएका छन् । उनको दुबै खुट्टा र दाँया हातमा चोट लागेको छ । दुवै जना घाइतेको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

 

 



सम्बन्धित
Loading...