रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको ज्यान


 




रुपन्देही – रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल-४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 


उहाँका श्रीमान र तीन वर्षीय छोरा भने घाइते छन् । घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ ।मोटरसाइकलका चालक फरार छन् ।

 

मोटरसाइकलको नम्बर समेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo&t=199s



सम्बन्धित
Loading...