ट्याक्टर चालकको लाइसेन्स प्रमुख समस्या


रामकुमार श्रेष्ठ –



नवलपुर । पूर्वी नवलपरासीमा अधिकांश ट्याक्टर चालकसँग लाइसेन्स नहुनु प्रमुख समस्याको रुपमा देखिएको छ ।

 

ट्याक्टरका लाइसेन्स भएका अधिकांश चालकहरु विदेशमा लोहोरी चलाउन जाने र नेपालमा भएका चालकहरुसँग लाइसेन्स नहुनु प्रमुख चुनौती देखिएको हो ।

 




त्यसो त यो समस्या देशभरका ट्याक्टर चालकहरुको हो तर नवलपुर जिल्ला पनि यो समस्याबाट अछुतो छैन ।

 

नवलपुर ट्याक्टर व्यवसायी संघका अध्यक्ष शिव गिरीले नवलपुरमा ट्याक्टर चालकहरु सानैदेखि लेभर सिक्दै चालक भएका हुनु, त्यसमा पनि लाइसेन्स झिक्न आर्थिक समस्या हुनुका कारण उनीहरुसँग चालक अनुमति पत्र नभएको हो ।

 

त्यसैगरी नवलपुरमा यातायात कार्यालय आएपनि यहाँ ट्याक्टर चालकहरुको लागि लाइसेन्स बनाउन ट्रायलको व्यवस्था नगरिनु, ट्याक्टर चालकलाई लाइसेन्स दिन ट्राइलको अनुमति नवलपुरको यातायात कार्यालयले पाएता पनि ट्राइल स्थलको व्यवस्था नगरिनुले यो समस्या जन्मिएको गिरीले बताए ।

 

त्यसो त अधिकांश ट्याक्टर चालकसँग लाइसेन्स छैन भन्ने कुरा सुरक्षा निकाय र ट्राफिक प्रहरी पनि जानकार छन् तर पनि उनीहरु थाहा नभए झै गरी बस्न बाध्य छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका ट्राफिक प्रहरी निरीक्षक नारायण थापाले भने – लाइसेन्स सन्तोषजनक छैन तर पनि हामी लाइसेन्स लिनुपर्छ भन्ने सिर्जनात्मक दबाब गरिरहेका छौं ।

 

नवलपुरमा ट्याक्टर चालकको लाइसेन्स नहुँदा ट्याक्टर दुर्घटनामा परी हाले चालक फेरेर अथवा लाइसेन्स भएका चालकले चलाउँदा दुर्घटना भएको हो भनेर देखाउनु पर्ने जस्ता समस्या धेरै देखिएको छ । जसमा प्रहरीसँग लेनदेन हुने र चालकलाई वा ट्याक्टर धनीलाई आर्थिक भार पनि थपिने गरेको छ ।

 

 

 

 

 



सम्बन्धित
Loading...