पौडी खेल्ने क्रममा नारायणी नदीमा बालक बेपत्ता


 



नवलपुर। पूर्वी नवलपरासीको देवचुली नगरपालिका वार्ड नम्बर-१७ कुजौलीघाट स्थित नारायणी नदीमा पाैडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।

 




जिल्ला धादिङ नीलकण्ठ नगरपालिका वार्ड नम्बर -९ घर भई वर्ष १६ को बालक नवराज श्रेष्ठ बेपत्ता भएका छन्।

 

उनी नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । हाल उनी आफन्तिकोमा आएको बेला नारायणी नदीमा पाैडी खेल्न गएका थिए।

 

अहिले सम्म पनि फेला नपरेको ईलाका प्रहरी कार्यालय रजहरले बताएको छ ।

 

उनको खोजि कार्य जारी भईरहेको कार्यलयले बताएको छ ।

 



सम्बन्धित
Loading...