नवलपुरमा आपसी विवादका कारण कुटपिट हुँदा ३ जना घाइते, कुटपिट गर्ने फरार

नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका वार्ड नम्बर ३ सभापति चोकमा मापसे गरी आपसी विवादका कारण भएको कुटपिटमा परी ३ जना घाइते भएका छन्।
कुटपिटमा परी घाइते हुनेहरुमा कावासोती नगरपालिका २ वर्ष २२ का दीपेन्द्र सारु , २२ बर्षीय आकाश थापा र कावासोती ३ वर्ष २२ का उत्तम थापा रहेका छन् । ३ जनाकै टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कावासोती ३ सभापति चोक निवासी २७ बर्षीय अञ्जन श्रेष्ठ र देवचुली नगरपालिका वार्ड नम्बर ९ विशालटार बस्ने वर्ष २२ का सागर मोक्तान लगायतका ४÷५ जनाको समूहमा रहेको टोलीले कुटपिट गरेका हुन् ।
घाइतेहरुको नवलपुर अस्पताल कावासोती प्राथमिक उपचार पश्चात पुरानो मेडिकल कलेज भरतपुर, चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
घटनामा स्रम्लग्न ५ जना नै फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।