चितवनमा इनारमा डुबेर एक वृद्धाको मृत्यु

माडी नगरपालिका वडा नं ७ मा इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षकी सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
उनी आफ्नो घरनजिकै रहेको दामोदर रानाभाटको इनारमा मृत फेला परेकी थिइन् । इनारबाट पानी झिक्नेक्रममा वृद्धा खसेकी हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
इनार २० फिट गहिरो रहेको छ ।इलाका प्रहरी कार्यालय माडीले वृद्धाको मुचुल्कालगायतको कार्य सम्पन्न गरेको छ ।
पोष्टमार्टमको लागि शवलाई भरतपुर अस्पताल ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।