शिक्षकद्वारा विद्यार्थीलाई क’रणी प्रयास, तनाब बड्दै गएपछिको झ’डपमा परी महिला प्रहरीको निधन

यौन दुर्व्य’वहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्र’मण गर्दा एक जना प्रहरी जवानको मृ’त्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ’डप हुँदा एक महिला प्रहरीको निधन भएको हो ।
कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठलाइ मृत घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईले बताए ।
आुरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राुउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झुडप भएको थियो ।
त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ ग’म्भीर घा’इते भएकी थिइन् । उनको घाँटीमा ग’म्भीर चोट लागेको थियो ।
पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौ’न दुर्व्यवहार गरेको आरो’प छ । आरो’पी शिक्षकलाई पक्रा’उ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको थियो ।
आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रो’शित भीडले प्रहरीमाथि आ’क्रमण गरेको थियो ।
घटना सार्वजनिक भएपछि शिक्षक विद्याल’यमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेरा’उ गरेका थिए ।
आक्रो’शित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुट’पिट गर्न खोजेपछि अवस्था निय’न्त्रण बाहिर गएको स्थानीयले बताएका छन् ।
लेटाङ–५ का वडाध्यक्ष भूम सूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलमाथि कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणी’को प्रयास गरेको आ’रोप लागेको थियो ।
आइतबार विद्यार्थीले प्रधानाध्यापकलाई उजु’री गरेपछि स्कुल पुगेका वडाध्यक्ष मगरले शिक्षक पौडेललाई पक्रा’उ गर्नका लागि प्रहरीलाई बोलाएका थिए । तर विद्यार्थी र स्कुलमा जम्मा भएको भीड’ले शिक्षकलाई लैजान दिएनन् ।