महिला प्रहरी ह’त्या घटना अनुसन्धानका लागि १२ जना पक्राउ, घटनाकाे छानबिन हुन्छ : गृहमन्त्री




मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

 

सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

 




उनका अनुसार सोमबार लेटाङमा कर्फ्यू आदेशको उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएका १२ जना साँझ रिहा भएका छन् ।

 

कक्षा ७ मा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आइतबार साँझ आक्रमण गरेको थियो ।

 

घरेलु हतियारसहित आएको समूहको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो । २९ प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका थिए ।

आइतबारको घटनापछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको थियो । सोमबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो ।

 

महिला प्रहरीको मृत्यु प्रकरणबारे छानबिन हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले महिला प्रहरी जवानको मृत्यु प्रकरणबारे जाँचबुझ गरिने बताएका छन् ।

मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको उक्त घटनाबारे गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।



सम्बन्धित
Loading...