नवलपुरमा चुनाव प्रचारप्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र
नवलपुरमा चुनाव प्रचारप्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र
नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी प्रचारप्रसार कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गरिने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको नवलपुरका राजनीतिक दलका वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, क्रान्तिकारी माओवादी, जनता समाजवादी पार्टी नेपाल लगायतका दलका प्रतिनिधि तथा प्रमुखहरुको सहभागिता रहेको थियो ।
वैठकमा नवलपुरका सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो ।

त्यसैगरी वैठकले चुनावी प्रचारप्रसारका सभा समारोह, भेला, जुलुस गर्दा प्रशासनलाई ७२ घण्टा अगाडि जानकारी गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै जिल्ला भित्र सर्वसाधारण नागरिकसँग रहेको लाइसेन्स भएका वा नभएका बन्दुक लगायतका हातहतियारहरु प्रशासनलाई बुझाउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।


